२०औं एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी
nepalnews.com · Tue Sep 22 14:03:51 GMT 2026
काठमाडौं। जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ। नेपालले थाइल्यान्डलाई पराजित गरेको हो।
समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो। खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो। नेपाल पहिलो हाफमा १५–२४ अंकले पछि परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)