पशुपति क्षेत्र विकास कोषबाट ठगियो बुढासुब्बा, ५ वर्षको सम्झौता बीचमै एकतर्फी भङ्ग
nepalpress.com · Tue Sep 22 14:03:50 GMT 2026

काठमाडौँ । पशुपति क्षेत्रमा दैनिक हुने गरेको सन्ध्या आरतीको प्रत्यक्ष प्रशारणको जिम्मेवारी पाएको एक कम्पनीलाई पशुपति विकास कोषले अन्यायपूर्वक लखेटेको छ । ५ वर्षका लागि गरिएको सम्झौता तीन वर्षमै एकतर्फीरुपमा तोडेर कोषले निजी संस्थामाथि तानाशाहीपन देखाएको हो ।
पशुपतिस्थित बाग्मती नदीपारी दैनिक हुने सन्ध्या आरतीमा भक्तजनहरुको ठूलो आकर्षण हुने गरेको छ । यसलाई सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरेर विश्वभर पुर्याउनका लागि कोषले निजी क्षेत्रको सहारा खोजेको थियो । साङ्गीतिक क्षेत्रमा काम गर्दै आएको बुढासुब्बा देशको धार्मिक सम्पदाको संवर्द्धन गर्ने कार्यमा उत्साहपूर्वक जोडियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)