सरकारमा सम्मानजनक सहभागिता बिना जसपाले सभामुखमा गठबन्धनलाई नसघाउने
hamrakura.com · Wed Jan 18 00:00:00 GMT 2023
काठमाडौं । अहिलेको सत्ता गठबन्धनसँग चिढिएका जनता समाजवादी पार्टीले बिहीबार हुने सभामुखको निर्वाचनलाई सरकारमा हुने आफ्नो सम्मानजनक सहभागितासँग जोडेर हेरेको छ । निरन्तर रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सम्पर्क सम्बन्ध स्थापित गरिरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा आफ्नो पार्टीको सहभागितासँग सभामुखको निर्वाचनलाई जोडेर हेर्नुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मैले जानकारी गराइसकेको छु, सभामुखको निर्वाचनमा हाम्रो मत चाहिन्छ भने सरकारमा सम्मानजनक सहभागिता हुनुपर्छ’, जसपा अध्यक्ष यादवले भने । उनका अनुसार अहिलेको अवस्थामा अन्य दलहरुको सहभागितालाई आफूले केही नभनेको तर जसपाको सहभागिता सम्मानजनक हुनुपर्ने कुरा मात्र उठाइएको हो । ‘हामीले धेरै केही भनेका छैनौ सरकारमा सम्मानजनक सहभागिता मात्रै खोजेको हो अरूको हामीलाई सरोकार भएन’, उनले बुधवार मध्यराती कुराकानी गर्दै भने ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
माओवादी केन्द्र
सोबिता गौतम