मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद अनुबन्ध

barnanmedia.com · Tue Aug 12 23:24:03 GMT 2025

काठमाडौँ, २८ साउनः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्धित हुनुभएको छ । इत्तिहादले उहाँलाई एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि अनुबन्ध गरेको हो ।

साउन ६ गते नै जोर्डन पुग्नुभएकी राईलाई क्लबले सोमबारमात्र सार्वजनिक गरेको हो । सन् २०१८ मा स्थापना भएको अल इत्तिहाद जोर्डन महिला प्रो लिगको सफल क्लब हो, जसले सन् २०२३ र २०२४ मा लगातार लिग उपाधि जितेको छ । क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित हुनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)