मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

corporatenepal.com · Sun May 12 00:31:44 UTC 2024

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलसँगै पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’का लागि सडक विभागमा फाइल पेस गरेको छ । फिल्डमा निर्माण व्यवसायीले काम गरिरहेको भए पनि काम गरेबापत दिनुपर्ने रकम भने योजना कार्यालयसँग छैन । रु तीन अर्ब ६६ करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको सो पुल सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी लगानीको आयोजना पनि हो । आयोजना अन्तिम चरणमा पुग्नै लागेका बेला ‘भेरिएसन अर्डर’ बारे निर्णय नहुँदा आयोजनाको समयावधि पनि धकेलिँदै गएको छ ।

महाकाली पुल योजना कार्यालयका सूचना अधिकृत इन्जिनियर कपिलप्रसाद पन्तले बजेट अभावका कारण आयोजनाको काम नै प्रभावित हुने अवस्थामा पुगेको बताए । “चालु आर्थिक वर्षमा पुल निर्माणका लागि आएको रु ३५ करोड रकम सकिएको छ । हाम्रो आग्रहमा निर्माण व्यवसायीले काम गरिरहे पनि थप रकम भुक्तानीका लागि रकम नहुँदा समस्या भएको छ”, सूचना अधिकृत पन्तले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)