बंगालको खाडीमा रहेको शक्तिशाली प्रणालीको प्रभाव नेपालमा बुधबारदेखि नै पर्ने
barnanmedia.com · Tue Sep 22 14:20:45 GMT 2026

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र (लो प्रेसर एरिया) थप शक्तिशाली बन्दै डिप डिप्रेसन (बलियो न्यूनचापीय क्षेत्र) भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने र यसको प्रभावले बुधबार (असोज ७) बाटै नेपालमा वर्षा बढ्दै जाने देखिएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।
मौसम महाशाखाले आज (मंगलबार) साँझ दोस्रो विशेष मौसम बुलेटिन जारी गरी त्यस प्रणालीका कारण बुधबारदेखि कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्दै जाने देखिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)