एमाले विवाद ‘सहमति’ नजिक
ekantipur.com · Sat Jul 10 01:09:06 GMT 2021
काठमाडौँ — पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका करिब आधा दर्जन विषयमा सहमतिको मस्यौदा तयार गरेको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग गरिएको हस्ताक्षर फिर्तामा नेता माधव नेपालको समूह नमानेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय पनि दुई नेताबीचकै सहमतिबाट मात्र टुंगिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)