सरकार हेरफेरको सकस
ekantipur.com · Thu Feb 29 23:49:58 GMT 2024
सत्ता गठबन्धनमा दुई पार्टी माओवादी र नेपाली कांग्रेसमा बीच वैमन्यस्य देखा पर्न थालेको छ । कांग्रेसले सरकारमा पठाएका मन्त्रीको काम गराइ, एकपछि अर्को विवाद र भ्रष्टाचारका काण्डका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार चलाउन निकै सकस परेको देखिन्छ ।
हुन त कांग्रेसबाट मन्त्री भएकाले मात्रै पनि सरकारको काम गराइमा अप्ठ्यारो परेको भने होइन, माओवादीकै मन्त्रीहरूले पनि विभिन्न विवाद र आरोप झेलिरहेका छन् । एकातिर प्रधानमन्त्री प्रचण्डको पार्टी कमजोर छ, अर्कातिर उनले भनेको जस्तो काम गर्न मन्त्रीहरूले साथ दिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)