गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने
ratopati.com · Tue Sep 22 14:32:30 GMT 2026

काठमाडौँ। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छी–स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ। हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)