मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायतमा नेपालीको जनसङ्ख्या ७२ प्रतिशतले वृद्धि

ratopati.com

बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा ७२ प्रतिशतले बढेको बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषणले देखाएको छ । सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको सङ्ख्या १ लाख ३ हजार ८७५ पुगेको छ । बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै (ओएनएस) ले सो तथ्य सार्वजनिक गरेको हो ।

यसअघि सन् २०११ को जनगणनामा इंग्ल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको सङ्ख्या ६० हजार २०२ मात्र थियो । एक दशकमा त्यो सङ्ख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)