पूर्वी युक्रेनमा रुसी आक्रमणबाट चार जनाको मृत्यु
ratopati.com · Tue Sep 22 14:39:13 GMT 2026

काठमाडाैँ । पूर्वी युक्रेनको निप्रो सहरमा रुसी आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला आक्रमण भएको हो।