योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल
baahrakhari.com · Tue Sep 22 14:44:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा पार्टीको सम्मानित अभिभावक बन्नुपर्ने बताएकी छिन् ।
मंगलबार अर्घखाँचीको सन्धीखर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले देउवाको योगदानको कदर गर्न आफूहरू तयार रहेको बताएकी हुन् । ''उहाँको योगदानको कदर गर्दै सम्मानित अभिभावक स्वीकार्न हामी तयार छौँ । उहाँलाई अभिभावक मानेकै कारण अधिवेशनमा सहभागिताका लागि आमन्त्रण गरिएको छ । उहाँको गरिमामय उपस्थितिले पार्टीलाई बलियो बनाउन सहयोग पुर्याउँछ,'' भुसालले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)