जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफुल बगैँचा
ratopati.com · Tue Sep 22 14:47:17 GMT 2026

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिङ्का कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन्। सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाए।
सव–इञ्जिनियर थापाले सुरुआती चरणमा करिब रु १० लाख लगानी गरी फलफूलखेती सुरु गरेका थिए। अहिले उनको बगैँचामा ५० भन्दा बढी प्रजातिका फलफूल तथा बहुमूल्य वनस्पति छन् । उनको बगैँचा व्यावसायिक कृषकदेखि कृषि विषय अध्ययन गर्ने विद्यार्थीका लागिसमेत पाठशाला बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)