बिना तामझाम पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री शाह
himalpress.com · Tue Sep 22 14:53:35 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमणमा प्रधानमन्त्रीको यात्रासँग जोडिने परम्परागत तामझाम देखिएन। न राष्ट्रिय पहिरनमा सजिएर विमानस्थल पुगे, न नेपाली सेनाको सलामी लिए, न औपचारिक बिदाइ समारोह नै भयो। कालो कोट र सेतो जुत्तामा सीमित सदस्यको टोली लिएर शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कतर्फ उडेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुधन गुरुङले बिदाइ गरे। प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हो। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा हुँदै न्युयोर्क गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)