बीपी स्मृति दिवसमै कांग्रेसमा विभाजनको संकेत, देउवा पक्ष नयाँ दलको तयारीमा
arthasansar.com

नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ। पार्टीभित्रको मतभेद समाधानको प्रयास निष्कर्षमा पुग्न नसकेपछि सभापति शेरबहादुर देउवा निकट समूह नयाँ राजनीतिक दल गठनको गृहकार्यमा जुटेको चर्चा कांग्रेस वृत्तमा तीव्र बनेको छ।
देउवा पक्ष निकट स्रोतहरूका अनुसार नयाँ दलको नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने विषयमा प्रारम्भिक सहमति जुटिसकेको छ। दलको विधान, सांगठनिक संरचना र कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार भइसकेको दाबी गरिए पनि यसबारे आधिकारिक निर्णय भने सार्वजनिक गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)