सुन्दरहरैचामा भानु जयन्ती मनाइयो
rajdhanidaily.com · Sat Jul 13 23:25:06 UTC 2024

बिराटनगर । सुन्दरहरैचामा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाईएको छ । भानु जयन्तीको अवसरमा मोरङको सुन्दरहरैचा ५ स्थित तीनपैनीमा रहेको भानु पुस्तकालय श्रवण मुकारुङको एकल कविता र गीतहरु वाचन गरिएको छ।
भानु पुस्तकालय र नझरेका फूलहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कबि तथा गीतकार मुकारुङले आफ्नो ४/५ वटा कविता वाचन गरेका थिए। कार्यक्रमा मुकारुङलाई पुस्तकालय र नझरेका फूलहरुले नगदसहित दोसल्ला ओढार सम्मान पनि गरिएको भानु पुस्तकालयका सचिव बिसाल गुरागाईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)