मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिम प्रदेश : बजेट २९ अर्ब, खर्च १८ अर्ब मात्र

rajdhanidaily.com · Sat Jul 13 23:26:36 UTC 2024

धनगढी । सुदूरपश्चिममा बजेट कार्यान्वयनको गति बढ्न सकेको छैन् । चालु आर्थिक वर्षका लागि कुल २९ अर्ब २८ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा कार्यान्वयन (खर्च) केबल १८ अर्ब ६२ करोड १० लाख मात्र भएको छ । कुल १७ अर्ब दुई करोड ४३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको प्रदेश सरकारले १० अर्ब ५७ करोड चार लाख मात्र खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार कुल २९ अर्ब २८ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा १८ अर्ब ६२ करोड १० लाख रुपैयाँ खर्च भएको छ। चार्लुतर्फ ११ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएकोमा ८ अर्ब पाँच करोड पाँच लाख रुपैयाँ खर्च भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)