कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैनः उपसभापति भुसाल
reportersnepal.com · Tue Sep 22 15:12:41 GMT 2026

गोपाल भट्टराई ,अर्घाखाँची, असोज ६ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा महामन्त्री गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्दै पार्टीभित्रका गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति भुसालले भनिन्, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन। १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ। आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)