सुनकोशी–मरिणको मूल्याङ्कन सुरु
gorkhapatraonline.com · Tue Dec 23 00:28:24 GMT 2025

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ । आयोजनाको बाँध (हेडवक्र्स), विद्युत्गृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको मूल्याङ्कन भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
आयोजनाले कात्तिक २४ गते उक्त आयोजना निर्माणका लागि पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम मङ्सिर ८ गतेबाट ठेक्का तोडिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)