अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर
barnanmedia.com · Tue Sep 22 15:21:20 GMT 2026

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित हरियापानी पालुङ्ग माझफाल हुदैँ रूकुमसम्म जोड्ने मोटरबाटो निर्माणमा अनियमितता गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले आव २०७८÷७९ मा विद्युतीय प्रणालीमार्फत भएको ठेक्कामा अनियमितता गरेको बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा रु एक करोड आठ लाख २६ हजार लागत भएको उक्त सडक आयोजनाको ठेक्कामा अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)