बोर्नमाउथसँग लिभरपुल ३–२ ले पराजित
ratopati.com · Sat Jan 24 19:30:09 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ। रोमाञ्चक बनेको उक्त खेलमा अन्तिम समयमा आएको निर्णायक गोलले घरेलु टोली बोर्नमाउथलाई महत्त्वपूर्ण जित दिलायो ।
बोर्नमाउथको जितमा इभानिल्सनले खेलको २६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३३औँ मिनेटमा एलेक्स जिमेनेजले दोस्रो गोल थपे । खेलको अन्त्यतिर अमिन आद्लीले निर्णायक गोल गर्दै बोर्नमाउथको जित सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)