कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको सनाखत, ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको मृत्यु
barnanmedia.com · Wed Jul 22 01:56:41 GMT 2026

काठमाडौँको कीर्तिपुर ट्याङ्लाफाँटमा कारभित्र जलेका व्यक्तिको पहिचान ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको रूपमा भएको छ। मंगलबार दिउँसो चाँदनी चोकमा उनले चलाएको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो। मृतक श्रेष्ठ नरदेवी घर भएर ट्याङ्लाफाँटमा बस्दै आएका थिए। परिवारले उनको सनाखत गरेका छन्। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार सेतो रंगको किया कार चाँदनी चोकमा रोकिएपछि सुरुमा भित्रबाट सानो आगो सल्केको देखिएको थियो। केही समयमै आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्नि नियन्त्रण यन्त्र प्रयोग गरी आगो निभाएका थिए। उक्त कार नबिल बैंकबाट ऋण लिएर २०६२ कार्तिक २७ मा किस्तामा खरिद गरिएको भेटिएको छ। आगलागीको कारणबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)