राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
nepallive.com · Tue Sep 22 15:38:08 GMT 2026

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकको गतिविधिमाथि निगरानी बढाउन र कानुनअनुसार आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)