इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
ratopati.com · Wed Jul 22 02:11:09 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँग जारी युद्धमा हालसम्म ३७.५ अर्ब अमेरिकी डलर (करिब रु. ५२ खर्ब) खर्च भइसकेको बताएका छन्। उनले अमेरिकी संसदमा दिएको बयानमा यो रकम अझ बढ्न सक्ने भन्दै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका छन्।
हेगसेथ र संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनले सिनेटको सुनुवाइमा सहभागी हुँदै इरानसँगको युद्धका लागि थप अर्बौं डलरको रक्षा बजेट माग गरेका थिए। जनरल केनले युद्धसम्बन्धी निर्णय गर्दा सम्भावित मानवीय क्षति र जोखिमबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउने आफ्नो जिम्मेवारी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)