धान उत्पादन वृद्धिमा चुनौती
rajdhanidaily.com · Sun Jul 02 23:35:10 GMT 2023
प्रत्येक वर्षको झैं यस वर्षको असार १५को राष्ट्रिय धान दिवस थालनी भएको १९ वर्ष पूरा भई २० वर्षमा प्रवेश गरेको छ । मुलुकको कुरा गर्ने हो भने धानको औसत उत्पादकत्व विश्वमै निकै कम रहेको देशमध्ये नेपाल पनि एक हो । मूलतः धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर रहेको अनुमान छ । त्यसरी नै विश्व खाद्य तथा कृषि संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४ दशमलव ७ टन प्रतिहेक्टर रह्यो । त्यसरी नै सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व भने ७ दशमलव शून्य टन प्रतिहेक्टर छ । यसैगरी बंगलादेशको ४ दशमलव ७ टन प्रतिहेक्टर, भुटानको ४ दशमलव ३ टन प्रतिहेक्टर, भारतको ३ दशमलव ९ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुवैको समान ३ दशमलव ८ टन प्रतिहेक्टर छ ।
हाम्रो देशका लागि वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ । देशमा जबकि, धान नेपालसहित एसियाली राष्ट्रको प्रमुख खाद्यान्न बाली पनि हो । विश्वको कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्छ । जसमा हेर्ने हो भने चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७औं स्थानमा पर्छ । फलतः धान खेती देशमा ७७ जिल्लामध्ये ७५ जिल्लामा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)