रविले दिए बालेनलाई शुभकामना, भने– भ्रमण अर्थपूर्ण र सफल होस्
ratopati.com · Tue Sep 22 15:46:03 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई शुभकामना दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री शाह मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्रीलाई शुभकामना दिँदै सभापति लामिछानेले लेखेका छन्,‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्।शुभेच्छासहित स–प्रेम शुभकामना।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)