पोखरामा सडकको दुर्दशा, जिम्मेवारी बिर्सिँदै मेयर आचार्य भन्छन्– आज पुर्यो, भोलि उस्तै हुन्छ के गर्नु ?
nagariknews.nagariknetwork.com · Tue Sep 22 15:28:18 GMT 2026

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा गाउँगाउँ र चोकचोकमा पुगेर चुनावी भाषण गर्थे, ‘पोखराका सडक भत्किएको २४ घण्टाभित्र पुर्छु।’ उनले यो प्रतिबद्धता चुनावी घोषणापत्रमा समेत उल्लेख गरेका थिए। निर्वाचित भएलगत्तै पनि उनले आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सडक भत्किएको २४ घण्टाभित्र पुर्ने र त्यसका लागि छुट्टै संयन्त्र बनाउने बताएका थिए।
तर, चुनाव जितेर मेयर भएको करिब साढे चार वर्ष बितिसक्दा पनि उनले भनेजस्तो २४ घण्टाभित्र सडक पुर्ने काम हुन सकेको छैन। सडक पुर्नका लागि छुट्टै संयन्त्र पनि बनेको छैन। बरु, उनको प्रतिबद्धताविपरीत पोखराका अधिकांश सडकमा खाल्डाखुल्डी देखिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)