मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोनालाई पराजित गर्न भन्दै ध्यान ! 

baahrakhari.com · Sun May 09 22:19:00 GMT 2021

मुम्बई । कोभिड–१९ को दोस्रो लहरले पछिल्लो समय धेरै बलिउडकर्मीलाई आफ्नो चपेटामा पारेको छ । शनिबार मात्रै अभिनेत्री कंगना रनौतले आफूमा संक्रमण भएको पुष्टि गरिन् ।

कोरोनालाई पराजित गर्न ध्यान गरिरहेको उनले बताएकी छिन् । ध्यानमा बसेको तस्बिर सेयर गर्दै कंगनाले लेखिन्, “मलाई यो भाइरसले मेरो शरीरमा पार्टी गरिरहेको थियो भन्ने कुनै भान नै भएन । तर, अब मलाई थाहा भइसकेको छ, त्यसैले म अब यसलाई नष्ट गर्नेछु । कृपया कसैलाई पनि आफूमाथि हाबी हुने शक्ति नदिनुहोस् । यदि, तपाईं डराउनुभयो भने यसले तपाईंलाई झन् तर्साउनेछ । आउनुहोस्, कोभिड–१९ लाई नष्ट पारौँ । यो एउटा साधारण भाइरस मात्रै हो, जसले धेरै चर्चा पायो र धेरैलाई यसले दुःख दिइरहेको छ । हर हर महादेव ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)