दुई महिनामा १ करोड १५ लाखभन्दा बढीका अवैध सामान बरामद
ratopati.com · Tue Sep 22 16:01:40 GMT 2026

सिरहा । सिरहा नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले चलाएको निगरानी र गस्ती अभियानका क्रममा सिरहामा पछिल्लो दुई महिनामा १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार सोमबार मात्रै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरका भन्सार छली गरी नेपाल भित्र्याइएका तथा भारततर्फ लैजान खोजिएका सामान बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)