पुल महाशाखाको टोलीद्वारा फुर्केखोलामा पुल निर्माणको सम्भाव्यता अध्ययन
annapurnapost.com · Tue Sep 22 15:56:28 GMT 2026

धादिङ : भोटेकोशी नदीमा आएको बाढीले फुर्केखोलाको मुख्य पुल बगाएपछि नयाँ पुल निर्माणका लागि दबाब बढिरहेका बेला सडक विभागअन्तर्गतको पुल महाशाखा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राविधिक टोलीले फुर्केखोला र आसपासको क्षेत्रको स्थलगत अध्ययन गरेको छ।
गत भदौ १० गते आएको बाढीले धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो। पुल बगेपछि जिल्लाको मध्य तथा उत्तरी क्षेत्रको सडक सम्पर्क प्रभावित हुनुका साथै दैनिक आवतजावत र अत्यावश्यक सामग्रीको ढुवानीमा समस्या हुँदै आएको छ। पुल बगेको स्थानमा पुगेको प्राविधिक टोलीले नयाँ पुल निर्माणको सम्भाव्यता, नदीको वर्तमान बहाव र पुल निर्माणका लागि उपयुक्त स्थानबारे अध्ययन गरेको हो। टोलीले घाटबेसी, जहरेखेत र फुर्केखोलालगायत क्षेत्रमा नदीको बहाव तथा पानीको सतहको अवस्थासमेत अवलोकन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)