‘मुक्त कमैयाको पुनःस्थापना प्रदेश सरकारको प्राथमिकतामा’
ratopati.com · Tue Sep 22 16:12:45 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनःस्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
आफ्नो समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)