चर्चित गायक प्रकाश कटुवाल कांग्रेसको सक्रिय राजनीतिमा
lokaantar.com

‘सिरानी टाङमुनी’, ‘छेकन जामाले’ र ‘फूल फूल्यो केशरी’ जस्ता हिट सिर्जना दिएका गायक प्रकाश कटुवाल राजनीतितिर सक्रिय हुन थालेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिएसँगै उनी आफ्नो साङ्गीतिक परिचयलाई राजनीतिक सक्रियतामा बदल्ने धुनमा लागेका हुन्।
रामेछापको उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका कटुवाल अब महाधिवेशन प्रतिनिधिको दौडमा छन्। आउँदो असोज १० गते हुने अधिवेशनबाट आफूलाई महाधिवेशन प्रतिनिधिको रूपमा स्थापित गराउन उनी सक्रिय बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)