एमालेबाट मोरङ–२ मा रंगेलीका मेयर दिलिप अग्रवाललाई उम्मेदवार बन्ने
ratopati.com · Sat Jan 17 20:56:46 GMT 2026

काठमाडौं। नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा रंगेली नगरपालिका हालका मेयर दिलीप अग्रवाललाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अग्रवाललाई उम्मेदवार चयन गरेको हो ।
दुई कार्यकालसम्म रंगेली नगरपालिकाको मेयर रहेका अग्रवाललाई एमालेले प्रतिनिधि सभाको टिकट दिएको छ । उनी हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)