बिपीले देखाएको लोकतन्त्रको बाटो
nagariknews.nagariknetwork.com · Wed Jul 22 03:07:06 GMT 2026

नेपाली समाजवादी आन्दोलनका नेतृत्वकर्त बिपी कोइरालाको आज ४४औं स्मृति दिवस हो। लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण नेपाली तथा भारतको बनारसमा बसोबास गर्ने नेपाली समुदायले आज श्रद्धापूर्वक उहाँको स्मरण गरिरहेका छन्। बिपी कोइराला केवल एक व्यक्ति मात्र होइन, नेपाली लोकतान्त्रिक आन्दोलनका एक सशक्त संस्था पनि हुनुहुन्थ्यो।
नेपाली समाजका विभिन्न वर्गले बिपीलाई आआफ्नो दृष्टिकोणबाट मूल्यांकन गर्ने गरेका छन्। पञ्चायती व्यवस्थाको प्रतिबन्धित कालमा राजदरबारले उहाँलाई विद्रोही नेताका रूपमा हेथ्र्यो। तर बिपीले सधैं राजसंस्थाप्रति आवश्यक मर्यादा कायम राख्नुभएको थियो। उहाँ संवैधानिक राजतन्त्रका पक्षधर हुनुहुन्थ्यो। २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा उहाँले प्रसिद्ध अभिव्यक्ति दिनुभएको थियो– राजासँग मेरो घाँटी जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)