आयोजना प्रभावितलाई सीपमूलक तालिम
barnanmedia.com · Thu Mar 27 21:42:12 GMT 2025

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारीसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।
तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । छब्बीस दिनसम्म सञ्चालन हुने तालिममा आयोजना प्रभावित क्षेत्र म्याग्दे गाउँपालिकाका पाँच, ऋषिङ गाउँपालिकाका ११, भिमाद नगरपालिकाका १० र व्यास नगरपालिका १० जनाको सहभागिता रहेको भण्डारीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)