मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बढ्दै छन् दुव्र्यसनी महिला

rajdhanidaily.com · Sat Jul 13 23:33:55 UTC 2024

कतै आफ्ना छोरा मात्र होइन, छोरी पनि लागूपदार्थको दुव्र्यसनमा त फसेका छैनन् ? चनाखो हुनेबेला भइसकेको छ । धेरैलाई पत्तो नहुन सक्छ । केही समययता लागूपदार्थको दलदलमा फस्ने महिलाहरूको संख्या भुसको आगोझैं भित्रभित्र सल्किदै गएको छ । नेपालमा चुरोट, पानपराग, सुर्तीखैनी, गुट्का, हुक्का तथा जाँडरक्सी मात्र होइन गाँजा, चरेस ब्राउन सुगर, ह्वाइट सुगर, हेरोइन, मर्फिन, प्रोक्सिबोन, नाइट्रोसन, फेन्सिडिल आदि जस्ता लागूपदार्थ सेवन गर्ने युवतीको संख्या अपत्यारिलो ढंगले बढिरहेको छ ।

सामाखुसीकी २० वर्षीय कृपा (नाम परिवर्तन) चार वर्ष पहिलादेखि नै चुरोट, रक्सी मात्र होइन माल (ब्राउन सुगर)समेत सेवन गर्दै आएकी थिइन् । हालै उनी प्रहरीको फन्दामा परेपछि मात्र आफ्नी छोरी दुव्र्यसनको दलदलमा फसेको उनका आमाबाबुलाई थाहा भयो । भैरहवाकी श्वेता ११ कक्षामा पढ्छिन् । उनी ब्वाइफ्रेन्डसँगै पाइप (सिगरेट), बुच (रक्सी) तथा ज्वाइन (गाँजा) सेवन गर्छिन् । आफू एडिक्ट भएको कुरा आमाबाबुलाई पत्तो नभएको र पत्तो भए पनि आफूलाई बाल मतलव भन्छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)