मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकहरूलाई राष्ट्र बैंकको तीनबुँदे निर्देशन : अब नयाँ ब्याजदर तोक्नुपर्ने

ekantipur.com · Wed Oct 20 01:00:46 GMT 2021

काठमाडौँ — गत असोजको तुलनामा कात्तिकमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले पुनः ब्याजदर परिमार्जन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो । तरलता अभाव रहेको भन्दै बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ब्याजदर बढाएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा बढी परिवर्तन गर्न नपाउने भएका छन् । ‘बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्,’ निर्देशनमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)