मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खोप भण्डार गर्ने 'कोल्ड रुम' अलपत्र

ekantipur.com · Sun Mar 13 01:04:23 GMT 2022

काठमाडौँ — जापान सरकारले खोप भण्डारका लागि एक महिनाअघि अनुदानमा दिएका ९ वटा कोल्ड रुम (फ्रिज) मध्ये दुईवटा त्रिभुवन विमानस्थलमै थन्किएका छन् । टेकुस्थित स्वास्थ्य विभागको केन्द्रीय खोप भण्डारका लागि जापानले अनुदानमा दिएका सातवटा फ्रिज भने स्थान अभाव भएपछि प्रदेशमा पठाइएका छन् ।

तीमध्ये पनि हेटौंडा, पोखरा र धनगढीका कोल्ड रुम सञ्चालनमा आउन सकेका छैनन् । केन्द्रमा ठाउँ नभएकै कारण कोभ्याक्सले दुई महिनाअघि उपलब्ध गराएका १० वटा कोल्ड रुममध्ये दुईवटा मात्रै विभागको स्टोरमा जडान गरेर बाँकी प्रदेशमा पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)