फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
ratopati.com · Wed Jul 22 03:57:14 GMT 2026

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो – फेवाताल । पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लास्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लास्टिक, झोलादेखि जुत्ता–चप्पलसम्म भेटिन्छ ।