क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टीमा एपिएफ क्लब विजयी
lokaantar.com · Thu Dec 28 16:49:32 GMT 2023
वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल एपीएफ क्लब विजयी भएको छ । नारायणी रङ्गशालामा जारी सो प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पर्सा ११ लाई आठ रनले पारजित गर्दै एपीएफ क्लब विजयी भएको हो ।
प्रतियोगितामा टस जितेर पर्सा ११ ले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्न उत्रेको एपिएफ क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २८ रनको योगफल जोडेको थियो । एपिएफका कप्तान प्रदीप ऐरीले ५२ रन, लोकेश बलमे १९ रन, पूर्ण विकले १८ रन, अविनाश बोहराले १४ रन तथा सुमित महर्जनले १३ रनको योगदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)