तायमचामा यसरी रमाए जोकर र परीहरू
setopati.com · Sat Aug 24 16:59:23 UTC 2024

पोखरा–१६ लामाचौरकी आश्मा श्रेष्ठ शनिबार जोकर बनिन्। बाजागाजाको तालमा ताल मिलाउँदै उनी हँसाउन व्यस्त थिइन्। अनौठो पोसाकमा सजिएकी आश्माको अनुहार रङ लगाएर आकर्षक बनाइएको थियो। टाउकोमा टोप ओढेकी थिइन्।
जोकर बनेकी आश्माका चारैतिर चार जना परीहरू थिए। रातो कपडा लगाएकी जेठी परी थिइन् आकांक्षा श्रेष्ठ। यस्तै, पहेँलो पहिरनमा सदिक्षा, निलोमा साइमा र गुलाबीमा अनिता सजिएकी थिइन्। उनीहरूले शिरमा सेतो ताज पहिरिएका थिए। ताजमाथि मयुरको प्वाँख।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)