नेपालको आर्थिक स्वतन्त्रता कम
abhiyandaily.com
समृद्धि, द प्रोस्परिटी फाउन्डेशनले गरेको एक अध्ययनले नेपाल विश्वका आर्थिक स्वतन्त्रता अत्यन्त कम भएका मुलुकका रूपमा देखाएको छ । सो संस्थाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १४१ मुलुकमध्ये नेपालको स्थान १२५औं रहेको उल्लेख छ ।
सरकारको आकार, असल मुद्रामाथिको पहुँच, अन्तरराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता र कर्जा, श्रम र व्यापारसम्बन्धी कानुन तथा कानुनी संरचना तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षा गरी आर्थिक स्वतन्त्रताको पाँच आधारमा सो मापन गरिएको थियो । प्रतिवेदनमा नेपालको स्थान विगतको भन्दा केही वृद्धि भए पनि यो वृद्धि अन्य देशको अंकमा आएका ह्रासका कारण देखिएको स्पष्ट पारिएको छ । नेपालको गत वर्षको आर्थिक स्वतन्त्र सूचकांक ५ दशमलव ६८ भएकामा यस वर्ष घटेर ५ देशमलव ५४ भएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार कानुनी संरचना तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षाबाहेक अन्य चार मापनका आधारमा नेपालको स्थिति पहिलेभन्दा अझ खस्केको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)