नवलपरासीपूर्वमा ३० जना कुष्ठरोगी उपचाररत
ratopati.com · Sat Jan 24 21:49:37 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अहिले ३० जना कुष्ठरोगी उपचाररत रहेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को तथ्याङ्क अनुसार नयाँ र पुराना गरी अहिले जिल्लामा ३० जना कुष्ठरोगी उपचाररत छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ जना नयाँ कुष्ठरोगी पहिचान भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।
“जिल्लामा अहिले १२ जना महिला र १८ जना पुरुष गरी ३० जना कुष्ठरोगी उपचारमा हुनुहुन्छ”, उनले भने, “चालु आवमा मात्र एक महिला र सात पुरुष गरी आठ जना नयाँ भेटिनुभएको हो ।” जिल्लामा कुष्ठरोगीमध्य यो अवधिमा चार महिला र छ पुरुष गरी १० जना नियमित औषधी सेवनपछि निको भएका छन् । आठवटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै देवचुली नगरपालिकामा आठ जना कुष्ठरोगी रहेको फोकल पर्सन तिवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)