प्रधानमन्त्री बालेनले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै
onlinekhabar.com · Wed Jul 22 04:37:42 GMT 2026

६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् । ११:३० बजे छलफल कार्यक्रम राखिएको हो ।
नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)