सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४६ प्रतिशतले बढ्यो, लाभांश क्षमतामा १३ प्रतिशत
arthasansar.com

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले नाफा बढेको हो ।
बैंकको खुद नाफा, प्रति सेयर आम्दानी र वितरणयोग्य नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ । गत असार मसान्तसम्ममा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको यस्तो नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २ अर्ब ७ करोड रहेकोमा गत आर्थिक वर्ष १६.८३ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा उल्लेख्य रूपमा घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको यस्तो चार्ज ३४ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)