सिटीको जितमा हालान्डको ह्याट्रिक, टोटेनह्यामले एभर्टनलाई हरायो
deshsanchar.com · Sat Aug 24 17:52:51 UTC 2024
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। नवप्रवेशी इप्सविच टाउनलाई ४-१ ले हराउँदा उसका स्टार स्ट्राइकर अर्लिङ हालान्डले ह्याट्रिक पुरा गरेका थिए।
यद्यपि खेलमा अग्रता भने इप्सविच टाउनले ७ औं मिनेटमा समिइ स्मोडिकको गोलमार्फत सनसनीपूर्ण अग्रता बनाएको थियो। तर सिटीले उसको अग्रता लामो समय टिक्न दिएन्। अर्लिङ हालान्डले १२ औ मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरे। २ मिनेट पछिनै केभिन डि ब्रुएनेले खेलमा अग्रता दिलाए। टिमका लागि तेस्रो गोल डि ब्रुएनेकै पासमा हालान्डले गर्दै ४ मिनेट भित्र तीन गोल गर्दै सिटीले रवाफिलो अग्रता बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)