भूगोल साहित्य समाजको नयाँ कार्यसमिति गठन
baahrakhari.com · Tue Sep 22 18:32:31 GMT 2026

काठमाडौं । साहित्यिक क्रियाकलापमा सक्रिय भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा सातौँ साधारणसभा सम्पन्न भएको छ । भोटेकोशीमा आएको बाढीका कारण सिंगो मुलुक शोकमा रहेको अवस्थामा वार्षिकोत्सव कार्यक्रम बिनाकुनै विशेष कार्यक्रम अनौपचारिक रूपमा आयोजन गरेको छ ।
समाजले बितेको चार वर्षदेखि वार्षिकोत्सवको अवसरमा पारेर प्रदान गर्दै आएको ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ यसपटक कसैलाई प्रदान गरिएन । उक्त पुरस्कार साहित्यकारहरू देवीचन्द्र श्रेष्ठ, रामबहादुर पहाडी, हिरण्यकुमारी पाठक र सृजन लम्साललाई प्रदान गरिएको थियो । उक्त पुरस्कार आउँदो वर्ष दुई वर्षका लागि एक साथ प्रदान गरिने समाजले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)