प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, निर्यात प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा विचार–विमर्श हुने बताइएको छ।
छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।हस्तकला क्षेत्रको संरक्षण र प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा नेपाली मौलिक कला–संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा समेत छलफल केन्द्रित रहने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)