डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि
nayapatrikadaily.com · Fri Sep 02 00:18:00 GMT 2022
नेपाल आयल निगम लिमिटेडले बिहीबार रातीबाट लागू हुने गरी डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मुल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक बर्षको घाटालाई देखाएर नेपाली बजारमा मुल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मुल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मुल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाइ इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)