पुटिनको भारत भ्रमणका लागि रुस ‘सक्रिय तयारी’ मा, वर्षअन्त्यअघि हुने सम्भावना
barnanmedia.com · Tue Nov 11 18:15:00 GMT 2025

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ । सरकारी समाचार एजेन्सी तासका अनुसार यो उच्चस्तरीय भ्रमण सन् २०२५ को अन्त्य अघि सम्पन्न हुने अपेक्षा गरिएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य सञ्चालित सञ्चार माध्यम ताससँग कुरा गर्दै भन्नुभयो, “हामी अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणका लागि सक्रिय रूपमा तयारी गरिरहेका छौँ । यो भ्रमण यस वर्षको अन्त्यअघि सम्पन्न हुने योजना छ र हामीलाई विश्वास छ कि यो एक अत्यन्त अर्थपूर्ण भ्रमण हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)